सचिवले गर्दा मेलम्चीमा २ अर्ब नोक्सानी


मेलम्ची खानेपानी आयोजना निर्माणको ठेकेदारलाई समयमा भुक्तानी नदिँदा साढे २ अर्ब व्ययभार परेको छ । खानेपानी मन्त्रालयका अघिल्ला सचिव गजेन्द्र ठाकुरले मेलम्ची ठेकेदार सीएमसीलाई दिनुपर्ने ३६ करोड भुक्तानी नदिँदा यति धेरै आर्थिक भार पर्न लागेको हो ।

सीएमसी नफर्किने छाँट देखिएपछि खानेपानी मन्त्रालयले नयाँ ठेक्का खोलेको छ । यसका लागि मेलम्ची खानेपानी बोर्डले बाँकी कामका लागि २ अर्ब ५२ करोडको लागत अनुमान गरेको अन्नपूर्ण दैनिकमा समाचार छापिएको छ |

 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: