गणतन्त्र दिवस जनताको दिवसको रुपमा मनाई पर्ने : केपी ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनताको दिवस बनाउनुपर्ने बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरूप भएको बताउँदै प्रधानमन्त्री ओलीले भने,‘यस दिवसलाई गाउँगाउँ र घरघरमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ । यो जनताको दिवस हो । जनताले जितेको उत्सवको रूपमा यसलाई मनाउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघि देखि नै गणतन्त्रका लागि सङ्घर्ष भएको बताएका छन् । कुनै एउटा आन्दोलनबाट मात्र नेपालमा गणतन्त्र नआएको उल्लेख गर्दै उनले भने,‘विभिन्न समयका आन्दोलन र त्यागले गणतन्त्रको स्थापना भएको हो ।’

यस्तै प्रधानमन्त्री ओलीले गणतन्त्रको स्थापनाले नेपालमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई विस्थापित गरेको बताए । कुनै बेला राजा बन्नपनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको बताए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: