‘दोषी भए सजाय भोग्न तयार छु’ विष्णु पौडेल


नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले ललिता निवास जग्गा प्रकरणको यथार्थ छानबिनका लागि माग गरेका ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको सोमबारको छलफलका क्रममा उनले ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न पनि आफू तयार रहेको उनले स्पष्ट पारे ।

महासचिव पौडेलले भने, ‘ललिता निवास जग्गा प्रकरणमा केही नेतासहित मेरो पनि नाम जोड्ने प्रयास भएपछि यस विषयमा विज्ञप्तिमार्फत आफूले स्पष्ट गरिसकेको छु ।’ उनले सरकारको नीति तथा कार्यक्रम दोहोरो अङ्कको आर्थिक वृद्धि, तीव्र गतिको आर्थिक विकास र समृद्धिका लागि क्षेत्रगत योजनासहितको तीन खम्बे नीतिमा आधारित छ भने । महासचिव पौडेलले भने, ‘नीति तथा कार्यक्रमले जनतासँग गरिएको प्रतिबद्धता अनुरुप तीव्र आर्थिक विकास हासिल गर्न योगदान दिनेछ, समृद्धिका लागि योगदान पु¥याउनेछ र क्षेत्रगत विकासका योजना अघि सारेको छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रेखा शर्माले भौतिक र मानव विकासलाई सँगै जोडेर आएको नीति तथा कार्यक्रममा धेरै सकारात्मक विषय समेटिएको छ भनिन् । उनले कार्यक्रम कार्यान्वयनमा देखापरेका चुनौतीलाई ठिक ढङ्गबाट अघि बढाउन सकियो भने संविधानले कल्पना गरेको समाजवाद सहजै भेटिने धारणा व्यक्त गरिन् । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलमा बलिदान दिएका व्यक्तिलाई राहत उपलब्ध गराउने कुरा नीति तथा कार्यक्रममा समेटिनुपर्नेमा सांसद शर्माले जोड दिइन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: