संघीय फोरम र नयाँ शक्तिको ‘फ्युजन’को राजनीतिक सहमति !


राजधानीमा आयोजित एक कार्यक्रमका बीच उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा भएको छ ।

सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरियो ।

एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरे  । एकता समारोहमा दुबै पार्टीका नेता तथा कार्यकर्ताले हल भरिभराउ थियो ।  एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।

नवगठित पार्टीकाेसंघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन्। यस्तै अशाेककुमार राईवरिष्ठ नेता र सहअध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन्।

दुवै दलबाट ८ जना उपाध्यक्षमा चयन भएका छन्। नवराज सुवेदी, युवराज कार्की, परशुराम खापुङ, रकम चेम्जाेङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत, हेमराज राई उपाध्यक्ष चयन भएका छन्।

महसचिवमा र उपमहासचिवमा तीन/तीनजना र सचिवमा चारजना चयन भएका छन्। महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्द्ङवा, रामसहाय प्रसाद यादव रउपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी रहेका छन्। यसैगरी सचिवमा माेहमद इस्तियाक राई, दुर्गा साेव, परशुराम बस्नेत, प्रशान्त सिंह रकाेषाध्यक्षमा विजय यादव चयनगरिएकाे परिषद् अध्यक्ष भट्टराईले घाेषणा गरे।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: