पूर्व सांसद गायत्री साह र उनका पति प्रहरीद्वारा पक्राउ


पूर्वसांसद् गायत्री साह पति राजेश महतोसहित पक्राउ परेकी छन्। ललितपुर प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो।

ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई वेवारिसे अवस्थामा छोडेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

शाह दम्पतिले अस्पतालमा बच्चाको भर्ना गराएका तर, डाउन सिन्ड्रोमको लक्षण देखिएपछि अस्पतालले वेवास्ता गरेको भन्दै अस्पतालमा नै बच्चा छोडेका थिए ।

शिशु छाडेको अभियोगमा अदालतबाट अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पूर्वसांसद साहले ‘डाउन सिन्ड्रोम’ जन्मिएको थाहा लागेपछि बच्चा अस्पतालको लापरबाही देखाउँदै बच्चाको जिम्मा अस्पतालले लिनुपर्ने भन्दै आएकी छन् । उनको छोरा अहिलेपनि मेडिसिटी अस्पतालको एनआइसियुमै छन्।

साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन् । दुबै खुट्टा केही बांगो रहेको देखिएपछि एनआइसियुमा लामो समय बच्चालाई उपचारमा राखिरहेकै अवस्थामा साहले बच्चा छोडेकी हुन्।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: