रुसमा विमानमा आगलागी हुँदा ४१ जनाको विमान मै मृत्यु


रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी भएको छ। शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट -१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको रोयर्टसले जनाएको छ।

उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो। अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको प्रत्यक्षदशीलाई उदृत गर्दै विमानस्थल स्रोतले बताएको छ। विमानमा विमानमा ७३ यात्रु र चालक दलका ५ सदस्य गरी जम्मा ८३ जना सवार थिए।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमानलाई फोर्स ल्याण्डिङ गराइएको जनाएको छ । तर, प्राविधिक गडबडीको बारेमा भने विस्तृतमा बताइएको छैन । दुर्घटनाको कारणबारे जाँच सुरु गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु भएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: