कर्णालीमा किन जहिले सरुवा रोगको महामारी हुन्छ ?


सामाजिक विकास मन्त्रालयका अनुसार करिब २२ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले ७८ प्रतिशत नागरिक मात्रै खानेपानीको पहुँचमा पुगेको बताए । ‘तथ्यांकमा यति भए पनि धेरै नागरिक खोलाको पानी पिउन बाध्य छन्,’ उनले भने, ‘सरुवा रोगको मुख्य कारण भनेकै शुद्ध पिउने पानी नहुनु हो ।’

उपचार नपाई बसेका दीर्घरोगीको प्रतिरोधात्मक क्षमता कम हुँदा उनीहरूलाई चाँडो आक्रमण गर्ने कर्णाली प्रदेश निर्देशनालयका वरिष्ठ जनस्वास्थ अधिकृत चेतननिधि वाग्लेले बताउँछन् । ‘दुर्गम गाउँमा सरसफाइमा ध्यान दिइँदैन,’ उनले भने, ‘रोग पालेर बस्दा थप समस्या उत्पन्न हुने गरेको छ ।’ रोग लागेको थाहा हुँदा पनि समयमै उपचार नपाएर कर्णालीवासीको मृत्यु हुने गरेको वाग्लेको भनाइ छ ।

०६६ मा जाजरकोटका साविकका विभिन्न विकट गाविसमा झाडापखालाको महामारी फैलियो । उक्त महामारीबाट एक सय ५३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । जाजरकोट मात्र नभई कालिकोट, दैलेख, रुकुमा समेत झाडापखालाको महामारी फैलिएको थियो । करिब तीन महिनापछि मात्रै महामारी नियन्त्रणमा आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय बताउँछ । २०७१ चैत र २०७२ वैशाखमा जाजरकोटमै फैलिएको मौसमी रुघाखोकीबाट एक हजार चार सय ३८ जना बिरामी परेकामा २७ जनाको मृत्यु भएको थियो । आजको कान्तिपुर दैनिकबाट |

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: