आईपिएल २०१९ : शिर्ष स्थानको चेन्नई माथि पन्जाबको ६ विकेटको सहज जित


आइपिएलमा आज दिउँसोको खेलमा किंग्स एघार पन्जाबले चेन्नेई विरुद्द ६ विकेटको सहज जिते निकालेको छ | अन्तिम खेलमा जित हात पारे पनि पन्जाब बाहिरिएको छ भने पराजित चेन्नाईले शीर्ष दुईमा आफ्नो स्थान निश्चित गरेको छ ।

आइतबार पन्जाबको घरेलु मैदान चन्डीगढमा भएको खेल दुवै क्लबका लागि औपचारिकता मात्र थियो, जसमा चेन्नाइले दिएको १७१ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्दै पन्जाबले ६ विकेटको जित दर्ता गर्‌यो ।  सिजनको अन्तिम खेलमा जित दर्ता गर्ने क्रममा लोकेश राहुलले ७१ र निकोलस पुरनले ३६ रनको योगदान गरे । यस्तै, क्रिश गेलले २८ रन बनाए । चेन्नाईका हर्भजन सिंहले ३ र रविन्द्र जडेजाले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनायो । शतक बनाउन चुकेका ओपनर फाप डु प्लेसिसले ५५ बलमा ९६ रन बनाए । यस्तै, सुरेश रैनाले ५३ रन बनाए । पन्जाबका साम कुर्रानले ३ र मोहम्मद सामीले २ विकेट लिए ।

१४ खेलमा ९ जित सहित १८ अंक जोडेको चेन्नाई अंक तालिकाको शीर्ष स्थानमा छ । आइतबारको दोस्रो खेलमा मुम्बइ इन्डियन्सले कोलकातालाई हराएमा चेन्नाईभन्दा अगाडि गएमा पनि चेन्नाईले कम्तीमा दोस्रो स्थान पक्का गर्ने छ । १६ अंक भएको मुम्बइ रनरेटमा चेन्नाइभन्दा अगाडि छ । मुम्बई पराजित भएमा भने चेन्नाइ शीर्ष स्थानमा नै रहने छ ।

मुम्बइ र कोलकाताबीचको खेलले प्लेअफमा पुग्ने अन्तिम टोली टुंगो लगाउने छ । चेन्नाई, दिल्ली र मुम्बइ प्लेअफमा पुगिसकेका छन् । मुम्बइलाई हराउन सके कोलकाता प्लेअफमा पुग्ने छ भने पराजित भएमा हैदरावादले प्लेअफ खेल्ने अवसर पाउने छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: