भिर मौरीको महले आधा दर्जन बिरामी र केहि गम्भीर


धादिङमा भीरमौरीको मह खाँदा ७ जना बिरामी परेका छन् ।

रुवीभ्याली गाउँपालिका-४, बोराङमा भीरमौरीको मह खाँदा बिरामी भएका ७ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ ।  गम्भीर बिरामी परेका कान्छा लामा र तेसमान तामाङलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको छ ।

मह खाएपछि बिरामी भएका मोक्ता लामा तामाङ, हिमाल विक, लालु विक, सुष्मा तामाङ, मि लामा तामाङको बोराङमै रहेको स्वास्थ्य बिन्दुमा उपचार भइरहेको वडाअध्यक्ष प्रशान्त तामाङले जानकारी दिनुभयो । मह खाएपछि उनीहरुमा काँप्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिएको तामाङले जानकारी दिनुभयो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: