सरकारको नीति तथा कार्यक्रम सपनाको पुलिन्दा भएको भट्टराई भनाई


पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सपनाको पुलिन्दा भएको बताएका छन् । नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संघीय संसद भवनमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आधार र योजना बिनाका कार्यक्रम सपना मात्रै भएको बताए ।

भ्रष्टाचार नियन्त्रण, राजश्व अभिवृद्धि, महिला हिंसा अन्त्यलगायतका कुरा गरिए पनि त्यसका लागि गर्नु पर्ने संरचनात्मक परिर्वतनका कुरा आउन नसकेको उनको भनाइ थियो । ‘यो एउटा कोरा कल्पना , नारा, सपनाको एउटा पुलिन्दा हो,’ उनले भने, ‘यसले व्यवहारमा खास असर गर्छ जस्तो लाग्दैन ।’

त्यसैगरी राजपाका नेता महन्थ ठाकुरले सरकारको नीति तथा कार्यक्रममा नयाँ केही नभएको प्रतिक्रिया दिए । सञ्चारकर्मीसँग उनले संघीयता कार्यान्वनयका सम्बन्धमा ठोस योजना नआएको गुनासो गरे ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: