बाजुरामा फैलिएको महामारी रुघाखोकी भएको प्रमाणित


बाजुराको हिमाली गाउँपालिका क्युडीमा केही दिन यता फैलिएको अज्ञात रोग नभई मौसमी रुघाखोकी भएको पुष्टी भएकोछ । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी बढेको हुनसक्ने स्वास्थ्य प्रमुख अशोक सिंहले जानकारी दिनुभएको छ ।

स्वास्थ प्रमुख सिंहका अनुसार हिमली गाउँपालिकाको क्युडीमा फैलिएको उक्त विराम वाट ग्रसित सय बढि मानिसको गाउँमै स्वास्थ्यकर्मी पुगेर उपचार गरेका हुन् ।

रुघाखोकी पूर्ण रुपमा नियन्त्रणमा नआउदा सम्म एक जना अहेव र एकजना अनमी गाउँमै राखेको उहांले वताउनुभएको छ । केही दिन यता अज्ञात रोगवाट दुइजना मलिको मृत्यु भएको समाचार आएपछि स्वास्थ्यकर्मी फिल्डम गएर उपचार गरेको हो । क्युडीमा एकजना बृद्धको पिसाव रोकिएकोले उनको अबस्था गम्भीर रहेको बताउनुभएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: