हेटौडामा कक्षा १२को प्रश्न पत्र आउट !


कक्षा १२ को प्रश्नपत्र आउट गरेको भन्दै मकवानपुरका एक जना विद्यार्थीलाई प्रहरीले सार्वजनिक मुद्दा दायर गरेको छ । बिहीबारको परीक्षामा हेटौंडा क्याम्पस परीक्षा केन्द्रबाट पक्राउ परेका भीमफेदी–३ घर भएका कबिर बानियाँलाई मकवानपुर प्रहरीले सार्वजनिक मुद्दा लगाएको हो ।

उनले परीक्षा दिंदै गर्दा मोवाइल प्रयोग गरी फेसबुक म्यासेन्जरबाट प्रश्नपत्र आउट गरेको अभियोगमा प्रक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए । बानियाँ मकवानपुर बहुमुखी क्याम्पसका बिज्ञान संकायमा अध्ययनरत विद्यार्थी हुन् । उनलाई सार्वजनिक मुद्दा लगाएर म्याद थप गरिएको एसपी सिंहले बताए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: