नक्कली बम देखाएर धम्काउनेलाई पक्राउ भए


रौतहटको सदरमुकाम गौरमा नक्कली बम राखेर ब्यापारीलाइ आंतकित पार्दै रकम असुल्ने एक भारतीयसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार सार्वजनिक गरेको छ ।

एक हप्ता अघि गौर नगरपालिका वडा नं. ५ धड्कन चोकमा नक्कली बम राखी व्यपारीसंग रकम असुल्नेलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

पक्राउ पर्नेमा भारत बिहारका प्रेम पासवान र गौर नगरपालिका वडा नं. ५ का किशोर रायलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । नक्कली बम राखेर ब्यापारीसँग २० लाख असुलेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

गौरमा रहेको एक पसल नजिकै शंकास्पद बस्तु राखेर उनीहरुले व्यापारीसंग २० लाख रुपैयाँ लिएका थिए । रकम नदिए उक्त बम पड्काउने भन्दै ब्यापारीसंग रकम असुल्ने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पासवानले व्यापारी धम्क्याउने र राय बम बनाउने काममा संग्लन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ४ थान मोबाइल, नेपाली र भारतीय टेलिकमका सीम बरामद गरेको छ । तर गौरमा फेला परेको शंकास्पद बस्तु बम नभई होक्स बम (नक्कली) भएको प्रहरीले बताएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: