लालपुर्जा देखि नेपाली नोट नेपालमै छाप्ने सहितको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत


सरकारले आगामी २ बर्षभित्र सुरक्षित छापाखाना स्थापना गर्ने भएको छ । जसको स्थापनापछि राहदानी, बैंक नोट, अन्तशुल्क स्टिकर, हुलाक टिकट, जग्गाधनी प्रमाणपुर्जा र सार्वजनिक महत्वका कागजातहरु सुरक्षण मुद्रण गरिनेछ ।

त्यस्तै आमसञ्चार क्षेत्रलाई मर्यादित र व्यवसायीक बनाउन कानुनी र संस्थागत व्यवस्था सहितको नियामक निकाय स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी सरकारले हुलाक सेवालाई पुर्नसरचना गरी प्रतिस्पर्धी बनाउने भएको छ  । त्यस्तै साइबर सुरक्षा प्रणाली सञ्चालनमा ल्याउने सरकारले जनाएको छ ।

त्यसैगरी २ बर्षभित्रमा धरहरा पुननिर्माण गर्ने सरकारको लक्ष्य छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: