जोमसोममा २५ करोडबढीको लगानीमा अस्पताल निर्माण हुँदै


हिमाली जिल्ला मुस्ताङको एकमात्र जोमसोम अस्पताललाई आधुनिक संरचनाको रुपमा बिस्तार गरिने भएको छ ।यसका लागि गण्डकी प्रदेश सरकारले करिव २५ करोड ५५ लाख बजेट स्टमेट गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५÷२०७६ मा अस्पताल संरचना निर्माणका लागि ६ करोड २० लाख बिनियोजन भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

अस्पताल भवन संरचना निर्माणका लागि अहिले भईरहेका धेरैजसो संरचना मासिने उनले बताए ।अध्यक्ष गुरुङका अनुसार अस्पताल निर्माणको प्रक्रियाकाबारेमा एकसाता भित्र सम्झौता हुनेछ ।सम्झौतापछि १ महिनाभित्रै अस्पताल निर्माणको टेन्डर खुल्ने उल्लेख गर्दै अध्यक्ष गुरुङले आगामी आर्थिक वर्षको सुरुआतमा अस्पताल निर्माणको काम सुरु हुने जनाए ।यस्तै ,अस्पतालको प्रविधि खरिदका लागि चालुवर्ष ३० लाख बिनियोजन भएको उनले बताए ।

मुस्ताङ अस्पताललाई २५ शैयाको रुपमा बिस्तार गर्ने लक्ष्य अनुसार प्रदेश सरकारले बजेट बिनियोजना गरेको हो ।बहुर्षिय योजना अनुसार केही महिना भित्र अस्पताल संरचना निर्माणको काम सुरु हुने अध्यक्ष गुरुङको भनाई छ ।अस्पतालको नयाँ सरचना हटाईने भएपछि अस्पतालको जग्गा नापजाच गर्ने कार्य समेत भएको छ । आजको राजधानी दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: