‘फानी’ आंधी नेपाल आउने सम्भावना कति ?


फानी नाम गरेको सामुद्रिक आँधी आउन लागेकाले भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । बंगालको खाडीबाट दुई सय किलोमिटर प्रतिघन्टाको वेगमा भारतको उडिसातर्फ बढिरहेको सो आँधी शुक्रबार बंगलादेशतर्फ जानेछ । आँधीको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्हरूले अनुमान गरेका छन् । पूर्वी तटका दुई मुख्य बन्दरगाहको काम बन्द भएको छ भने तल्लो क्षेत्रमा बसोवास गरेका मानिसलाई सुरक्षित क्षेत्रतर्फ लैजान हजारौँ उद्धारकर्ताले सहयोग गरेका छन् ।

उडिसाको तट हुँदै बंगलादेशतर्फ जाने

समुद्री आँधी हाल बंगालको खाडीबाट झन्डै दुई सय किलोमिटर प्रतिघन्टाको वेगमा भारतको उडिसा राज्यतर्फ बढिरहेको मौसमविद्हरूले बताएका छन् । फानीले शुक्रबार जमिनमा ठूलो असर गर्न सक्ने उनीहरूले चेतावनी दिएका छन् । आँधी उडिसाको तट हुँदै बंगलादेशतर्फ लाग्नेछ । सो समुद्री आँधी पूर्वी भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने नेपालको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: