१० ओटा बैंक अर्ब बढी नाफामा


चालू आवको चैत मसान्तसम्म १० बैंकहरूले १५ अर्ब ६४ करोड २४ लाख खुद नाफा आर्जन गरेका छन् । बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार ती बैंकहरूले गत आवको सोही अवधिको तुलनामा १७ दशमलव शून्य ९ प्रतिशत बढी खुद नाफा कमाएका छन् । गत आवमा बैंकहरूको यस्तो नाफा १३ अर्ब ३५ करोड ९६ लाख थियो । बैंकहरूले पछिल्ला त्रैमासमा ब्याजदर बढाएका कारण नाफा बढ्न टेवा पुगेको हो ।

सबै बैंकको खुद नाफा १ अर्ब नाघ्यो
वित्तीय विवरण प्रकाशित गर्ने १० वटै बैंकहरूको खुद नाफा १ अर्ब नाघेको छ । २ बैंकको नाफा २ अर्बभन्दा बढी रहेको छ । रकमका आधारमा नेपाल बैंकको नाफा सबैभन्दा बढी छ । सो बैंकले तेस्रो त्रैमाससम्म २ अर्ब २४ करोड ५५ लाख खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, १ अर्ब ३२ लाख नाफा कमाएको कुमारी बैंक रकमका आधारमा सबैभन्दा तल रहेको छ ।

वृद्धिदरका आधारमा माछापुच्छ्रे अगाडि
१ अर्ब २४ करोड ८ लाख नाफा कमाएको माछापुच्छ्रे बैंक नाफा वृद्धिदरका आधारमा अगाडि रहेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिसम्ममा बैंकको खुद नाफा ४५ दशमलव २९ प्रतिशत बढेको छ । गत आवको चैत मसान्तसम्ममा बैंकले ८५ करोड ४० लाख खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा नेपाल बैंकको नाफा भने १२ दशमलव ५५ प्रतिशत घटेको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: