तातोपानी नाका ३ महिना भित्र खुल्ने


तातोपानी नाका खुलाउन अरनिको राजमार्गको मर्मत तीव्र पारिएको छ।वर्षा सुरु हुनुअघि नै निर्माण र मर्मत सक्न राजमार्गको वनदेउदेखि भोटेकोसी गाउँपालिकाको सीमा क्षेत्रसम्म ३५ किलोमिटर सडक मर्मत भइरहेको छ। सडक डिभिजन कार्यालय चरिकोटले ५ प्याकेजमा ३ महिनाभित्र सक्न टेन्डर गरेर सडक मर्मतलाई तीव्रता दिएको डिभिजन प्रमुख धर्मेन्द्र झाले बताए।

उनकाअनुसार कटानमा परेका राजमार्गखण्डमा मेसिनरी वाल (सिमेन्टको पर्खाल) उठाएर चौडा पारिनेछ। वर्षाले सडक कटान गरेर एकतर्फी आवागमनमा समेत समस्या देखिएको कोठे, महभिरलगायत ठाउँमा सडक चौडा पारेर पहिरो नियन्त्रण गरिने उनले जानकारी दिए। आजको अन्नपूर्ण दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: