फेरी सर्यो महिला टि-२० लिगको खेल तालिका


क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा नेपालका ५ वटा फ्रेन्चाइज क्रिकेट टिमको सहभागिता रहेको महिला च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिताका लागि  मिति सारेको छ । अब यो प्रतियोगिता असोज तीन देखि ११ गतेसम्म गर्ने नयाँ मिती तय गरेको छ ।

यसअघि जेठको पहिलो साता हुने बताइएपछि सो बेला प्रधानमन्त्री कप हुने भएकाले आयोजकले प्रतियोगिता सारेका हुन ।
प्रतियोगिताका लागि आयोजकले आजबाट ९विहिबार० बाट खेलाडीको दर्ता खुल्ला गरेको छ । खेलाडी दर्ताको समय बैशाख २५ गतेसम्मलाई तोकिएको छ । महिला च्याम्पियन्स लिग यसअघि जेठ तीन देखि १२ गतेसम्म गर्ने बताइएको थियो ।

खेलाडी दर्ताका लागि आयोजकले चार समुहमा विभाजन गरिएको छ । जसमा डायमण्ड, सफायर, रुविज, वाइल्ड कार्ड एन्ट्रि रहेका छन् ।
डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू पर्नेछन् । यस्तै रुविजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरू पर्ने छन्।

वाइल्ड कार्ड एन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडीहरू पर्ने छन् । प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई-दुई जना वाइल्ड कार्ड एन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्ने छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: