आईपिएल २०१९ : चेन्नेई भर्सेज दिल्ली, ९९ मै दिल्ली अल आउट


आईपिएलमा हिजो राती( बुधवार ) भएको  खेलमा चेन्नइ सुपर किंग्स विजयी भएको छ । चेन्नइले घरेलु मैदानमा भएको खेलमा दिल्लीलाई ८० रनले पराजित गर्‍यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नइले २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । चेन्नइका लागि सुरेश रैनाले ५९ रन बनाए भने महेन्द्रसिंह धोनीले अविजित ४४ रन जोडे । फाफ डु प्लेसिसले ३९ रन बनाउँदा रवीन्द्र जडेजाले पनि २५ रन बनाए ।

१८० रनको लक्ष्य पछ्याएको दिल्ली १६.२ ओभरमा ९९ रनमा समेटियो । दिल्लीका लागि श्रेयस ऐयरले ४४ रन बनाए भने शिखर धवनले १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

दिल्लीलाई सस्तैमा समेट्नका लागि इम्रान ताहिरले चार विकेट लिए । रवीन्द्र जडेजाले पनि ३ विकेट हात पारे ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: