काठमाडौंको धुलो : स्थानीय र केन्द्र सरकार, कसको चेत खुल्यो ?


सडक विस्तार शुरु भएको वर्षौं बितिसक्दासमेत निर्माण सम्पन्न नहुँदा उपत्यकाबासी हिलो र धूलोको चपेटामा परेका छन् । उनीले स्थानीय सरकारसँग गुनासो गर्दै दबाब दिने गरेका छन् । तर काठमाडौं उपत्यकाभित्र निर्माणाधीन मुख्य सडकहरु संघीय सरकारअन्तर्गत निर्माण भइरहेकाले स्थानीय सरकार टुलुटुलु हेरेर बस्नुको विकल्प छैन । सरकारले सडक निर्माणमा एकीकृत योजना नबनाउँदा वर्षौंदेखि सडक निर्माणको काम अलपत्र हुँदै आएको छ ।

सडक निर्माणको गति सुस्त भएपछि निर्माणको प्रक्रिया पनि निकै लामो बनेको छ । सडकअन्तर्गत पर्ने बिजुलीको पोल, ढल, खानेपानीको पाइप, टेलिफोनको पोल समयमा नै व्यवस्थापन नहुँदा सडक निर्माणको काम लम्बिँदै आएको छ । निर्माण कम्पनीलाई बिजुलीको पोल र ढल विस्तार बहानाबाजी बनेको छ ।

चारवर्ष बितिसक्दा समेत चाबहिल–जोरपाटी–साँखु सडकको निर्माण कार्य सुस्त गतिमा अगाडि बढेको छ । उता जोरपाटीदेखि सुन्दरीजल सडकको कन्तबिजोग पनि उस्तै छ । सडक निर्माणको काम तीव्र गतिमा अगाडि नबढेका कारण स्थानीय सरकार पनि हैरान छन् । आजको नेपाल समाचार दैनिकबाट |

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: