जलविद्युत कम्पनीको शेयर मुल्य सय रुपैयाँ भन्दा कम


नेपाल स्टाक एक्सचेन्जमा जलविद्युत् क्षेत्रका २६ कम्पनीको सेयर सूचीकृत भएका छन् । सूचीकृत कम्पनीमध्ये हाल ११ वटा कम्पनीको सेयर मूल्य एक सय रुपैयाँभन्दा तल झरेको छ ।

ती कम्पनीमा छ्याङ्दी हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, माउन्टेन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, कालीका पावर कम्पनी, रैराङ हाइड्रोपावर, रिडी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, वरुण हाइड्रोपावर, नेसनल हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावर छन् ।

हाइड्रोपावरको नियमनकारी निकाय नहुँदा पछिल्लो समय हाइड्रो क्षेत्रका केही कम्पनीको अवस्था दयनीय बन्दै गएको छ ।

लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले बैंकिङ तथा वित्तीय क्षेत्रलाई नियमन गर्ने निकाय राष्ट्र बैंक रहेको छ भने बिमा क्षेत्रलाई नियमन गर्ने बिमा समिति भए पनि जलविद्युत् क्षेत्रलाई नियमन गर्ने निकाय नहुँदा समस्या देखिएको बताए । जलविद्युत् कम्पनी सञ्चालनको अनुमति लिने तर समयमा सम्पन्न नहुने प्रवृत्तिले अहिले लगानीकर्ताको लगानीसमेत डुब्दै छ ।आजको राजधानी दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: