चीनबाट फर्किईन् राष्ट्रपति


राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्केकि छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरे ।

राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा मन्त्रिपरिषद्का सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता, नेपाल सरकारका विशिष्ट श्रेणी पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थियो ।
चीनमा रहँदा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसनमा सहभागी भइन् उनले उक्त फोरमलाई विशेष सम्बोधन गरेकी थिइन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: