कृषिमा सम्भावना बारे जागरण विस्तार गर्दै नेपाल एग्रो लाइभ


नेपाल अहिले कृषिप्रधान मुलुकको रुपमा नै चिनिँदै आएको छ । यद्यपि कृषिको उत्पादकत्व घट्दै गएको अहिलेको परिप्रेक्ष्यमा नेपालीहरुमा कृषि प्रतिको मोह घट्दो छ । कृषिको व्यावसायिकरणको निम्ति प्रयाप्त पहल हुन नसक्दा कृषिमा निर्भर नेपालीहरु वैदेशिक रोजगारीलाई निर्विकल्प माध्यमको रुपमा अपनाउन बाध्य छन् । यद्यपि नेपालमा कृषि क्षेत्रमा नयाँ सम्भावनाहरुको खोजी गर्ने र कृषकहरुलाई आकर्षित गर्दै सुलभ दरमा व्यावसायिक कृषि तर्फ युवाहरुलाई आकर्षित गर्ने सम्बन्धमा पनि केही कम्पनीहरुले काम गर्दै आइरहेका छन् । त्यस मध्ये एक हो नेपाल एग्रो लाइभ प्रा.लि. ।

हाल ४ नम्बर प्रदेशमा चितवनको गैंडाकोट क्षेत्रमा शाखा कार्यालय स्थापना गरी कृषि फार्म सञ्चालन गर्दै आएको छ । यसैगरी हाल काठमाडौं उपत्यका अन्तरगत ललितपुरको सुनाकोठी, २ नम्बर प्रदेशमा लालबन्दी, १ नम्बर प्रदेशमा मेचीनगर नगरपालिका, ७ नम्बर प्रदेशमा धनगढी लगायतका सबै प्रदेश मातहत कृषि जागरण सम्बन्धी विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।


हाल नेपाल एग्रो लाइभ प्रा.लि.ले नेपालका सिमान्तकृत कृषकहरु, जो प्र्रविधि र बजारको पहुँच भन्दा बाहिर छन्, उनीहरुलाई बजार सम्म जोड्दै कृषि सम्बन्धी उपयुक्त प्रविधि, उपकरण, बिऊबिजन एवं विषादीको प्रयोग सम्बन्धी जागरुक बनाउने, कृषि सम्बन्धी सम्भाव्यता अध्ययन गर्ने, विभिन्न सरकारी एवं गैह्रसरकारी संस्थासँगको सहकार्यमा व्यावसायिक कृषि सम्बन्धी विभिन्न तालिमहरु सञ्चालन गर्ने लगायतका कार्यहरु निरन्तर रुपमा काम गर्दै आइरहेको छ ।

खासगरी आधुनिक प्रविधिहरुमा किसानहरुको पहुँच विस्तार हुन नसकेको, कृषि क्षेत्रमा काम गर्ने वातावरण असहज बन्दै गएको, प्रयाप्त कृषि जनशक्तिको अभाव बढ्दै गइरहेको, राज्यबाट प्रविधिको सहज पहुँच विस्तारको निम्ति काम हुन नसकेको अहिलेको परिप्रेक्ष्यमा निजी क्षेत्रको माध्यमबाट कृषि क्षेत्रलाई माथि उठाउन जुन पहल भएको छ, त्यो निकै नै सराहनीय छ । जुन पहलबाट ग्रामीण किसानहरुले सहज रुपमा जीवनशैली अपनाउन सकेका छन् ।

हुनतः नेपालमा कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाहरु पनि पछिल्लो समय निकै नै विस्तार भएका छन् । कृषि क्षेत्रमा व्यावसायिक तवरले काम गर्ने संस्थाहरु समेत निकै धेरै छन् । नेपालको कृषिलाई लक्षित गरी मेसिनहरु आयात बढिरहेको, विषादी बिऊविजन लगायतको आयात बढिरहेको अहिलेको अवस्थामा पनि किसानले सही परामर्शको अभावमा राम्रो प्रतिफल हात पार्न नसकेको कुरालाई लक्षित गर्दै यो कम्पनी किसानहरुको आवश्यकता र चाहनालाई नजिकबाट अध्ययन गरी सोहीबमोजिम आवश्यक सेवा प्रदानमा निरन्तर खटिइरहेको छ ।

नेपाल एग्रो लाइभको उद्धेश्य 
पछिल्लो समय नेपालमा कृषि क्षेत्रलाई कसरी व्यावसायिक बनाउने र कृषिमा युवाहरुलाई कसरी आकर्षित गर्ने भन्ने कुरामा केन्द्रित रहँदै नेपाल एग्रो लाइभ प्रा.लि.ले काम गर्दै आएको छ । नेपालमा कृषि क्षेत्रमा रहेका अवसरहरुलाई व्यवस्थित तवरले अघी बढाउँदै प्रतिफलमुखी बनाउने कार्यमा यो कम्पनी निरन्तर लागिरहेको छ । खासगरी नेपालमा कृषि क्षेत्रमा रहेर काम गर्न चाहने जोसिला, जाँगरिला र साहसिला युवाहरुलाई केन्द्रित गरी गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

सेतोघर डट कम सँगको संक्षिप्त कुराकानीको क्रममा कम्पनीको उद्धेश्य बारे बताउँदै नेपाल एग्र्रो लाइभ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजन गैरेले आफूहरुको उद्धेश्य नेपालको ग्रामीण कृषिलाई प्रवद्र्धन गर्न परामर्श, प्र्राविधिक सहयोग, समन्वय, सम्भाव्यता अध्ययन लगायतका विभिन्न आयामहरुबाट काम गर्ने रहेको बताउनुभयो । कृषि अभियन्ता गैरेका अनुसार नेपालमा कृषि क्षेत्रको निम्ति नेपालका सबैजसो क्षेत्रहरु अनुकुल नै छन् । यद्यपि उत्पादकत्व समेतलाई विचार गर्दै कुन क्षेत्रमा कस्तो बाली लगाउँदा बढी उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरालाई विचार गर्दै सोही बमोजिम कृषि क्षेत्रमा रहेर काम गर्नुपर्ने आवश्यकता रहेको र त्यसै किसिमले नेपाल एग्रो लाइभले पनि विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

थोपा सिँचाईं प्रविधि 
थोरै पानी उपलब्ध रहेको क्षेत्रमा थोपा सिँचाई प्रविधि निकै प्र्रभावकारी मानिएको छ । यस प्रविधिको प्रयोगबाट कृषकहरुले प्रयाप्त लाभ लिइरहेका छन् । नेपालको निम्ति आवश्यक र उपयुक्त थोपा सिँचाई प्रविधि उत्पादनमा नेपाल एग्रो लाइभका सिइओ राजन गैरेको महत्वपूर्ण योगदान रहँदै आएको छ ।

नेपालमा कृषि क्षेत्र पछिल्लो समय व्यवस्थित समेत बन्दै गएको छ । व्यावसायिक हिसाबले काम गर्ने कम्पनीहरुको सङ्ख्या समेत बढ्दो छ । व्यवस्थित तवरले काम गर्ने चाहना भएको खण्डमा आगामी नेपालमा कृषि क्षेत्रमा काम गर्न त्यति कठिन भने छैन । कृषि क्षेत्रमा काम गर्ने क्रममा जागरुक युवाहरुलाई आवश्यक तालिम, सहुलियत कर्जा, राज्यको प्राविधिक सहयोग लगायतमा सहयोग हुने हो भने नेपालमा कृषि क्षेत्रले पुःन राम्रो गति लिन सक्ने सम्भावना छ ।

नेपाल एग्रो लाइभको सञ्जाल 
हाल ४ नम्बर प्रदेशमा चितवनको गैंडाकोट क्षेत्रमा शाखा कार्यालय स्थापना गरी कृषि फार्म सञ्चालन गर्दै आएको छ । यसैगरी हाल काठमाडौं उपत्यका अन्तरगत ललितपुरको सुनाकोठी, २ नम्बर प्रदेशमा लालबन्दी, १ नम्बर प्रदेशमा मेचीनगर नगरपालिका, ७ नम्बर प्रदेशमा धनगढी लगायतका सबै प्रदेश मातहत कृषि जागरण सम्बन्धी विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

नेपालको कृषि क्षेत्रको अहिलेको अवस्था र समस्याहरु 
नेपालमा कृषि क्षेत्र पछिल्लो समय व्यवस्थित समेत बन्दै गएको छ । व्यावसायिक हिसाबले काम गर्ने कम्पनीहरुको सङ्ख्या समेत बढ्दो छ । व्यवस्थित तवरले काम गर्ने चाहना भएको खण्डमा आगामी नेपालमा कृषि क्षेत्रमा काम गर्न त्यति कठिन भने छैन । कृषि क्षेत्रमा काम गर्ने क्रममा जागरुक युवाहरुलाई आवश्यक तालिम, सहुलियत कर्जा, राज्यको प्राविधिक सहयोग लगायतमा सहयोग हुने हो भने नेपालमा कृषि क्षेत्रले पुःन राम्रो गति लिन सक्ने सम्भावना छ ।

नेपाल पनि कृषिप्रधान मुलुकको रुपमा नै रहँदै आएको छ । यद्यपि बर्षेनी कृषि क्षेत्रको ठूलो हिस्सा बाहिरबाट आयात भइरहेको छ । कृषि क्षेत्रलाई व्यवस्थित बनाउनको निम्ति राज्य पक्षले प्रयाप्त चासो राख्न नसक्दा अहिले यस्तो अवस्था आएको हो । यस्तो अवस्थामा नेपालमा कृषि क्षेत्रमा राम्रो सम्भावना देखेर सोही बमोजिम विभिन्न हिसाबले काम गरिरहेका नेपाल एग्रो लाइभ लगायतका संस्थाहरुले गरिरहेको प्रयाशबाट युवाहरु उत्प्रेरित हुन सक्ने अवस्था पनि छ । यसरी साथै यसरी अनुकरणीय कार्यमा लाग्दै आएका व्यक्ति र संस्थाहरुलाई समेत प्राेत्साहित गर्ने गरी कामहरु सञ्चालन गर्न सकेको खण्डमा नेपालमा कृषि क्षेत्रले छोटो समयमा नै राम्रो गति लिने सम्भावना  नभएको पनि होइन ।

स्मार्ट कृषि : अबको आवश्यकता
नेपालमा स्मार्ट एग्र्रिकल्चर टेक्नोलोजी अपनाएर कृषि कार्य गर्न सकिएको खण्डमा कृषिलाई मुनाफामूलक र व्यावसायिक बनाउन सकिन्छ भन्ने मान्यता बमोजिम नेपाल एग्रो लाइभले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ । नेपालमा भएका सम्भावनाहरुलाई खोजी गर्दै ती सम्भावना र चुनौती बीच उचित समन्वय हुने र कृषिमा काम गर्न चाहने युवाहरुलाई नेपालमा नै रही राम्रो तवरले काम गर्ने वातावरण तयार गर्नुपर्ने जरुरी छ ।

पहल आफैंबाट गर्नुपर्छ 
नेपालमा कृषि क्षेत्रमा काम गर्ने युवाहरुलाई प्रोत्साहनमूलक गतिविधिहरु सञ्चालन गर्ने क्रममा यस्ता कुराहरुमा राज्यको मात्र बाटो नहेरी अबका युवा पिढीँ आफूबाट जे गर्न सकिन्छ, त्यसै बमोजिम आफ्ना गतिविधिहरु सञ्चालन गर्नु जरुरी छ ।

सहज प्रविधिमा किसानको पहुँच विस्तारमा जोड 
नेपालमा पछिल्लो समय किसानलाई नै लक्षित गरेर हाइटेक प्रविधिहरुको पहुँच विस्तार भएपनि ती प्रविधिहरु किसानको लागि तुलनात्मक रुपमा महँगा र अनुकुल नभएको कारण नेपाली किसानले ती प्रविधि अपनाउन सहज नहुने अवस्था समेत रहेकोमा नेपालका किसानहरुलाई सहजीकरण गर्दै कम लागतमा ती प्रविधिको पहुँच विस्तार गर्ने कार्यको साथ नेपाल एग्रो लाइभ प्रा.लि.ले आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको छ । १० कठ्ठा देखि १ बिघा क्षेत्रफल सम्मको जग्गामा २-४ लाख रकम लगानीमा व्यावसायिक कृषि सञ्चालन गरी एउटै सिजनमा नै लागतको तुलनामा अझ राम्रो प्रतिफल लिन सकेका र यसबाट आफूलाई समेत सन्तुष्टि मिल्ने गरेको समेत नेपाल एग्रो लाइभका प्रमुख कार्यकारी अधिकृत राजन गैरेले बताउनुभयो । सानो लगानीबाट नै सामान्य किसानलाई उद्यमी बनाउन सकिने मान्यता बमोजिम अघी बढेको नेपाल एग्रो लाइभले आगामी दिनमा कृषक लक्षित अन्य थुप्रै गतिविधिहरु अघी बढाउन लागेको छ । नेपालका ७७ ओटै जिल्लामा सञ्जाल विस्तार गरी युवाहरुलाई आवश्यक तालिम, परामर्श र जागरण विकासको माध्यमबाट कृषि क्षेत्रमा प्रयाप्त सहयोग पुग्न सकोस् । यस कार्यमा अन्य संस्था र राज्य पक्षले पनि विशेष सहयोग उपलब्ध गराउनु जरुरी रहन्छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: