यस्तो रह्यो काठमाण्डौ मजुदर दिवसको अवसरमा र्याली


मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी  १३० औं मजदुर दिवस मनाइँदै छ। राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दैछन्। ८ घण्टा काम, ८ घण्टा आराम र ८  घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो। नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।

आज मजदुर दिवसको अवसरमा राजधानीमा विभिन्न राजनीतिक दल संग सम्बद्द मजदुर संगठनले र्याली प्रदर्शन गरेका थिए |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: