सर्वेक्षण अनुसार न्युन ज्यालादारी कामदार अझै धेरै


नेपाल टेड्र युनियन महासंघ (जिफन्ट)ले मंगलबार सार्वजनिक गरेको श्रम कानुन कार्यान्वयनको अवस्थासम्बन्धी सर्वेक्षणमा ४४ दशमलव शून्य ७ प्रतिशत श्रमिकलाई रोजगार सम्झौता नगरी काममा लगाउने गरेको पाइएको उल्लेख गरेको छ ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बुधबार मनाइने अन्तर्राष्ट्रय श्रमिक दिवसको अवसर पारेर ५९ वटा उद्योग र प्रतिष्ठानमा गरेको सर्वेक्षणमा ६१ प्रतिशत श्रमिक नियमित रोजगारीमा रहेको पाइएको जानकारी दिए । सरकारले बालश्रम निर्मूल गर्ने लक्ष्य राखे पनि अझै पनि ठूला भनिएका औद्योगिक प्रतिष्ठानमा ३ दशमलव ३९ प्रतिशत बालश्रमिक रहेको सो सर्वेक्षणमा उल्लेख छ । जिफन्टले सार्वजनिक गरेको सर्वेक्षणबाट श्रम ऐनले तोकेको भन्दा बढी काम गर्न बाध्य श्रमिकको संख्या पनि उल्लेख्य रहेको पाइएको छ ।

जिफन्टका अध्यक्ष श्रेष्ठका अनुसार यस सर्वेक्षणमा संलग्न मध्ये ५९ दशमलव ३२ प्रतिशत श्रमिकहरूले तोकिएको समयभन्दा बढी काम गरेका छन् । श्रम ऐन, २०७४ ले श्रमिकलाई दैनिक ८ घण्टा र साप्ताहिक रूपमा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नपाउने व्यवस्था गरिएको छ । यसैगरी, नियमअनुसार बिदा नदिने औद्योगिक प्रतिष्ठानहरू पनि ४२ दशमलव ३७ प्रतिशत रहेको उल्लेख छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: