छुट्ने भएन दिपक-दीपाको ‘छ’ प्रतिको प्रेम


निर्देशक दीपेन्द्र लामाको निर्देशनमा नयाँ फिल्म छ माया छपक्कै निर्माण हुने भएको छ । छक्का पन्जा टिमका साथ रोहित अधिकारीको संयुक्त निर्माणमा बन्ने फिल्मको सोमबार सोल्टी होटेलमा प्रेसमिट गरी औपचारिक घोषणा गरिएको हो ।

जेठ पहिलो साताबाट सुटिङ थालिने फिल्मको निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, रोहित अधिकारी, केदार घिमिरे, जितु नेपाललगायत छन् । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारीलगायतका कलाकारले अभिनय गर्ने फिल्मका केही कलाकारको छनोट बाँकी रहेको बताइएको छ । घोषणा कार्यक्रममा दीपकराज, केकी, केदार र जितुले छ माया छपक्कैको थिम झल्किने प्रहसन प्रस्तुत गरेका थिए ।

निर्देशक लामाले छ माया छपक्कै छक्का पन्जाको सिरिज नभएको स्पष्ट पारे । उनले छक्का पन्जासहितको लगानी तथा अभिनय रहे पनि छ माया छपक्कै बेग्लै कथा र परिवेशको फिल्म भएको बताए । यसअघि घामपानी र गोपी निर्देशन गरेका लामाले फिल्मलाई भरपुर मनोरञ्जक बनाउन आफ्नो टिम कटिबद्ध रहेको उल्लेख गरे ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: