कृषि यन्त्र उपकरण अनुदानमा टेन्डर बिना नै जिम्मेवारी


प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकलाई अनुदानमा उपकरण दिने भन्दै कार्यविधिबिना नै टेन्डर (बोलपत्र) आह्वान गरी कानुनी प्रक्रिया उल्लंघन गरेको छ । कृषि यन्त्र उपकरण अनुदान कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले कार्यविधिबिना नै टेन्डर आह्वान गरी कानुनी प्रक्रिया मिचेको हो ।

मन्त्रालयले टेन्डर आह्वान गरेको चार महिनापछि मात्र कार्यविधि स्वीकृति गरेको छ । मन्त्रालयले कृषि यन्त्र उपकरण अनुदान कार्यक्रमका लागि १ असोजमा सूचना प्रकाशन गरेको थियो । यसको चार महिनापछि २४ माघमा प्रदेशको अर्थ मन्त्रालयबाट कृषि यन्त्र उपकरण वितरण कार्यविधि स्वीकृति भएको हो । जब कि टेन्डर प्रक्रियाका लागि पहिले नै कार्यविधि तयार हुनुपर्ने कानुनी प्रावधान रहेको छ ।

मन्त्रालयले कानुनी प्रावधान मिचेरै काम अघि बढाएकाले टेन्डर प्रक्रिया चरम विवादमा परेको छ । विवादले उग्र रूप लिएपछि अहिले यन्त्र उपकरण अनुदानको काम रोकिएको छ । । सो अनुदान वितरण कार्यक्रमका लागि मन्त्रालयले ३० करोड रुपैयाँ बजेट छुट्याएको छ । आजको राजधानी दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: