प्रेम संजेललाई अख्तियारले पत्र काट्यो


भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको भन्दै चर्चामा आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।

हाल श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा कार्यरत् उनलाई सरकारले निर्वाचन आयोगको कार्यालयमा सरुवा गरेको थियो ।

तर, उनले त्यहाँ हाजिर नभएको अवस्थामा खाना, खाजा र प्रोत्साहन भत्ता लिएको अख्तियारमा उजुरी परेपछि पत्र काटिएको बताइएको छ ।

त्यसबारे बुझ्नुपर्ने भएको भन्दै सञ्जेललाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मुल्याङ्कन महाशाखामा उपस्थित हुन भनिएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: