निर्वाचन प्रमुख आयुक्तमा नेकपा निकट दिनेशकुमार थपलिया नियुक्त


प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका दिनेश थपलियाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । बुधबार उजुरीकर्ता र थपलियासँग छलफलपछि सुनुवाइ समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

थपलियाविरुद्ध सुनुवाई समितिमा ६ वटा उजुरी परेको थियो । सुनुवाई समितिमा थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता जनाएका छन् ।

बुधबार संसदीय सुनुवाई विशेष समितिमा उपस्थित थपलियाले आफू नियुक्त भए उपचुनाव प्राथमिकतामा पर्ने बताए । संघीय संसद, प्रदेशका साथै स्थानीय तहका रिक्त पदहरुमा समेत उपचुनाव हुन सकेको छैन ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: