सुन भनेर फलाम बेच्ने पक्राउ


सुन भनेर ग्राहक झुक्याउँदै फलामको टुक्रा बिक्री गर्ने चार जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ का ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रे चौंरी देउराली गाउँपालिका–३ का चन्द्रबहादुर श्रेष्ठ, प्रवीन श्रेष्ठ र सुवास श्रेष्ठ छन् । उनीहरूलाई काठमाडौंको सुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले सामाखुसी रानीबारीका राजेश विकलाई सस्तो सुन भनेर सुनको गहना राख्ने प्याकेटमा पहेंलो कपडाले बेरिएको वस्तु बिक्री गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको हो ।
सुन भनेर खरिद गरेका विकले भने घर पुगेर हेर्दा सुन नभई चारवटा फलामको टुक्रा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

ठगीमा संलग्न हुनेलाई बा२ज १८४१ नम्बरको ट्याक्सीसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । अभियुक्तहरूले उक्त रकम आफूहरूले बाँडिसकेको बयान प्रहरीसमक्ष दिएका छन् । उनीहरूमध्ये पूर्णले सबैभन्दा बढी ९ लाख ५० हजार, चन्द्रबहादुरले ३ लाख ५० हजार तथा प्रवीन र सुवासले ३÷३ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस्तै, उनीहरूको साथबाट ७० हजार नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ । लुटिएका रकम विभिन्न व्यक्तिलाई दिएकामा उनीहरूको पहिचान गरी फिर्ता ल्याउने कार्य भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ । आजको राजधानी दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: