विप्लवलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नेलाई पनि कारवाही


सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारवाही गर्ने भएको छ ।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै विप्लव नेतृत्वको नेकपालाई सहयोग गर्नेमाथि कारबाही गर्ने जानकारी गराएका हुन् ।

सरकारले अवैद्य रुपमा राखिएको हतियार ३५ दिनभित्र बुझाउन सुचना प्रकाशन गर्ने भएको छ । गैरकानुनी रुपमा हतियार राखेको पाइए पनि बुझाउनेलाई भने कारबाही नहुने निर्णय भएको सञ्चारमन्त्री रहेका बास्कोटाले बताए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: