भारतमा ओलीलाई प्रधानमन्त्री नभएर राष्ट्रपति पो !


भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहोदाको प्रमाण पेश गरेका छन् । दुतावासले जारी गरेको विज्ञप्तिमा केपी ओलीलाई प्रधानमन्त्री भनेर लेखिएको हुनु पर्नेमा राष्ट्रपति लेखिएको पाईएको छ|

अंग्रेजीमा लेखिएको उक्त विज्ञप्तिमा नेपालका दुई राष्ट्रपतिको नाम उल्लेख छ भने प्रधानमन्त्री उल्लेख गरिएको छैन । अथवा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली हुनुपर्नेमा राष्ट्रपति केपी शर्मा ओेली लेखिएको छ ।

६ अनुच्छेद रहेको विज्ञप्तिको तेस्रो अनुच्छेदमा दुई राष्ट्रपतिको नाम लेखिएको छ । प्रधानमन्त्री हुनुपर्नेमा राष्ट्रपति लेखेर कुटनीतिक निकायले फेरि एकपटक गम्भीर गल्ति गरेको छ ।

नयाँदिल्लीबाट जारी विज्ञप्तिले भन्छ, ‘राजदूत आचार्यले राष्ट्रपति कोविन्दलाई राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रपति केपी शर्मा ओली र नेपाली जनताको तर्फबाट उहाँ (भारतीय राष्ट्रपति) को सुस्वास्थ्यको कामना गर्नुभयो र भारतले निरन्तर गरिरहेको प्रगति र समृद्धिप्रति खुसी प्रकट गर्नुभयो ।’

२४ दिनअघि नयाँदिल्ली पुगेका आचार्यले बिहीबार मात्र भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाण पेश गरेका हुन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: