‘गृह मन्त्रालयको मातहातमा हामी जांदैनौ’ : एनजीओ/आईएनजीओ


सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ)लाई गृह मन्त्रालय मातहतमा लैजाने तयारी गरेपछि ती संस्थाले त्यसविरुद्ध तीव्र लबिङ गर्न थालेका छन् ।

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई गृह मन्त्रालय मातहतमा लैजाने गरी कानुनी व्यवस्था अगाडि बढाएपछि ती संस्थाले यसविरुद्ध तीव्र लबिङ गर्न थालेका हुन् । हाल ती संस्था महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सोअन्तर्गतका समाज कल्याण परिषद्अन्तर्गत रहेका छन् ।

यससम्बन्धी गृह मन्त्रालयले तयार पारेको एकीकृत विधेयकको मस्यौदा हाल कानुन मन्त्रालयमा छ । मन्त्रालयले राय दिने क्रममा एनजीओ तथा आइएनजीओहरू संगठित हुँदै सरकारको सो प्रयासलाई विफल बनाउने गरी अगाडि बढिरहेको स्रोतले जनाएको छ ।

देशभरका गैरसरकारी संस्थाको छाता संगठन एनजीओ फेड्रेसन अफ नेपाल तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा संगठन एसोसिएसन अफ इन्टरनेसनल एनजीओज इन नेपाल (एआईएन)ले संयुक्त तथा छुट्टाछुट्टै छलफल तथा बैठक गरी सरकारको यस्तोे कदमको विरोध गरेका छन् । ती संगठनले गत मंगलबार मात्रै आकस्मिक बैठक वसेर आईएनजीओ र एनजीओलाई गृह मन्त्रालय मातहत लैजानबाट रोक्न हरसम्भव उपायको खोजी गर्ने निर्णय गरेको जनाइएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: