काठमाण्डौमा बन्न लागेको भ्युटावरको काम अलपत्र


काठमाडांै भ्यु टावर निर्माणको काममा सुस्तता देखिएको छ । रत्नपार्कस्थित पुरानो बसपार्कलाई हटाएर सोही स्थानमा २२ तले सुविधासम्पन्न भ्यु टावर बन्न लागेको हो । २०७१ सालबाट निर्माणको प्रक्रिया सुरु भएको टावरको योजनाअनुसार निर्माण कार्य अन्तिम चरणमा पुग्नुपर्ने हो । तर, विभिन्न समस्याका कारण यसको निर्माणमा ढिलाइ भएको हो ।

हाल निर्माण कार्य जारी रहेको भए तापनि अपेक्षित रूपमा भने काम हुन नसकेको देखिन्छ । टावर निर्माणमा भएको ढिलाइका कारण बसपार्कलाई पनि सोही स्थानमा स्थानान्तरण गर्ने निर्णयमाथि समेत असर पर्ने देखिएको छ । काठमाडौं महानगरपालिकाले तीन निजी कम्पनीको संयुक्त जिम्मेवारीमा टावर निर्माण तथा व्यवस्थापनको काम ३० वर्षको सम्झौता गरेको थियो ।

पाँच वर्षमा निर्माण सम्पन्न गर्ने र २५ वर्षसम्म सोही कम्पनीले व्यवस्थापन गरी महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा
उल्लेख छ । टावरको भुँईतल्लामा अत्याधुनिक बसपार्कसमेत बन्ने र हाल अस्थायी रूपमा सञ्चालन गर्ने गरिएको खुलामञ्चको खाली क्षेत्रबाट पुनः सो स्थानमा नै बसफार्क सार्ने तथा खुलामञ्चलाई खुला क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखेको थियो । तर, सुरु भएको चार वर्षमा सो स्थानलाई बारेर निर्माण सामग्री जम्मा गरी सुरुवाती चरणमा खन्ने काम मात्र भएको छ । आजको राजधानी दैनिकमा सामाचर छ |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: