तामाङ हास्य सिरियल “आबा ङाछा”दर्शक स्रोताको मन जित्न सफल।


जयन कुमार मोक्तानको निर्देशन तथा सम्पादनमा बनेको तामाङ हास्य सिरियल आबा ङाछा इपिसोड १० सार्वजनिक भएको छ।छायांकन योगेन्द्र कार्किले गरेको छ भने कलाकार मेक अप दीपेन्द्र हमालले गरेको छ।

सङ्गीत तथा गायक प्रयास दोङको रहेको छ ।ब्याक ग्राउन्ड सङ्गीत कुमार लामा योन्जनको रहेको छ।उक्त हास्य सिरियल आबा ङाछाको उत्पादन सबिता लामाले गर्नु भएको हो।जसमा कलाकारहरु जयन कुमार मोक्तान,फुलमान स्याङ्तान,उदास लामा,गोर्खा घिसिङ,सन्तोष लामा,कबिता दोङ,मिस संखु,कुमार लामा,विशाल मोक्तान,सुस्मिता तामाङ,राजिब लामा,मिना दोङ तामाङ ,आकृती मोक्तान,राजिब लामा,अर्बिन्द कपर,अन्जु तामाङ रहेका छन्।

समाजमा रहेको कुरिती कुसंस्कार र रुढीबादी परम्परालाई अन्त्य पार्दै अहिलेको आधुनिक समय सापेक्ष सिरियल तयार गरेको पाइन्छ।नेपाली भाषामा धेरै किसिमका हास्य सिरियल बनेको भए पनि यो आबा ङाछा सिरियाल तामाङ भाषाको पहिलो सिरियल रहेको हो।यसबाट धेरैको चासोको विषय बनेको छ।बहु प्रतिभाशाली कलाकारहरुका अत्यन्तै महत्त्वपूर्ण भुमिकामा बनेको तामाङ हास्य सिरियल आबा ङाछा छोटो समयमा सबैको मन जित्न सफल भएको छ।आफ्नो मातृभाषा समाबेशमा हास्य सिरियल हेर्न पाउँदा धेरैले खुशी ब्याक्त गरेका छन्।सधै यी र यस्तै निरन्तर यस तामाङ हास्य सिरियल आबा ङाछा इपिसोड समुहलाई आगामी दिनहरूमा अझ नयाँ विषय बस्तु साथमा कथाबस्तु समेट्दै कार्यक्रमको उत्पादन गर्न सफलता मिलुन् भन्दै शुभकामना। (थप भिडियो सहित)

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: