नुवाकोटको बेलकोटगढी ६ अर्चलेमा दोस्रो सेभेन ए साईड खेल हुने


नुवाकोटको बेलकोटगढी ६ अर्चलेमा दोस्रो सेभेन ए साईड खेल हुने भएको छ।अर्चले फूटबल क्लबको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको सह आयोजक श्री घेदुङ आधारभूत विद्यालयले गरेको छ।कार्यक्रम चैत ४ गतेदेखि सुरु भै ६ गते फागुपुर्णिमाको दिन समाप्त हुनेछ।खेलाडी समूह दर्ता यहि चैत ३ गतेसम्मभित्र गरिसक्नुपर्ने आयोजक क्लबको अध्यक्ष प्रताप तामाङले बताए।

कार्यक्रममा १० देखि १२ समुहाको सहभागीता रहने छ।अध्यक्ष तामाङले खेलप्रेमी समाजसेवी,बुद्धिजिबि,विभिन्न राजनितीक दलका पार्टी प्रतिनिधिहरु, लगायत सम्पुर्णलाई कार्यक्रमका लागि हार्दिक निमन्त्रणा गरेको छ।तामाङले उपस्थितिका लागि सहज र सूचना चाडै होस् भन्ने धारणका साथ मिडियामा सूचना प्रकाशित गरिसकेको समेत बताउनु भयो।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: