नारामा मात्र सीमित नहोस् उपभोक्ता दिवस


माधव तिमिल्सिना अध्यक्ष, उपभोक्ता अधिकार अनुसन्धान मञ्च

हरेक बर्ष मार्च १५ लाई विश्व उपभोक्ता दिवसको रुपमा मनाउने गरिन्छ । विगतमा जस्तै यस बर्ष पनि विश्व उपभोक्ता दिवस विशेष तवरले मनाउनको लागि नेपाल सरकार अन्तरगत विभिन्न कार्यक्रमहरु अघी बढाइएको छ । नेपालमा यस बर्ष ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार : हामी सबैको सरोेकार’ भन्ने नारा सहित सरकार, उपभोक्तावादी संस्था र सरोकारवाला निकायहरुको सहकार्यमा सञ्चालन भइरहेको उपभोक्ता दिवस लक्षित कार्यक्रमहरुमा उपभोक्तावादी संस्थाहरु समेत सक्रियतापूर्वक लागिरहेका छन् ।

यसै सन्दर्भमा हामीले उपभोक्ता दिवसको अवसरमा भइरहेका कार्यक्रम र यसबाट उपभोक्ताको गुणस्तरीय वस्तु र सेवामा पहुँच स्थापना तथा उपयोग सम्बन्धमा प्रवाह हुनुपर्ने सन्देश सम्बन्धमा उपभोक्ताकर्मी तथा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना सँग संक्षिप्तमा कुरा गरेका थियौं ।

प्रस्तुत छ सोही कुराकानी :

नेपाल सरकारले विश्व उपभोक्ता दिवस कार्यक्रमलाई थप प्रभावकारी बनाउन उपभोक्ता जागरण सम्बन्धी रेडियो, अनलाइन, पत्रपत्रिका लगायतका सञ्चार माध्यमबाट जागरण सन्देशको प्रवाह गर्नुपर्ने, स्थानीय तह लगायतबाट जागरण अभियान र विद्यालय तथा शैक्षिक संंस्थाबाट समेत सचेतना विस्तारको लागि प्रयाप्त उपभोक्ता जागरण कार्यक्रम सञ्चालन गरेर उपभोक्ता जागरण बर्षको रुपमा यी कार्यक्रमहरु अघी बढाइएको भए अझ बढी प्रभावकारी हुनेथियो । तर सोही बमोजिम सरकार अघी नबढेको कारण जुन रुपमा यो कार्यक्रम सम्पन्न हुनुपर्ने थियो, त्यस किसिमले उक्त कार्यक्रम सम्पन्न हुन नसकेको हामीले पनि महसुस गरेका छौं ।

यस बर्ष उपभोक्ता अधिकार सम्बन्धमा तय गरिएका नारा र कार्यक्रम साँच्ची प्रभावकारी होलान् त ?
नेपालमा उपभोक्ता दिवस मनाइएको यो पहिलो पटक होइन । विगतमा पनि उपभोक्तामैत्री नाराहरु सहित विभिन्न कार्यक्रम तय गरेर उपभोक्ता दिवस तथा जागरण कार्यक्रमहरु सञ्चालन नगरिएका होइनन् । यद्यपि यी कार्यक्रमहरु जुन रुपमा प्रभावकारी हुनुपर्ने हो, त्यो भने हुन सकेको पाइएको छैन ।

‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार : हामी सबैको सरोेकार’ भन्ने नारा सहित अघी बढेको उपभोक्ता दिवस नारामा मात्र सीमित हुनुहुँदैन भन्नेमा भन्नेमा हामीले सम्बन्धित निकायहरुलाई निरन्तर सचेत गराइरहेका छौं ।

यस बर्ष उपभोक्ता जागरण सम्बन्धमा हुनुपर्ने गतिविधिहरु कत्तिको प्रभावकारी रुपमा हुन सकेजस्तो लाग्छ ?
नेपाल सरकारले विश्व उपभोक्ता दिवस कार्यक्रमलाई थप प्रभावकारी बनाउन उपभोक्ता जागरण सम्बन्धी रेडियो, अनलाइन, पत्रपत्रिका लगायतका सञ्चार माध्यमबाट जागरण सन्देशको प्रवाह गर्नुपर्ने, स्थानीय तह लगायतबाट जागरण अभियान र विद्यालय तथा शैक्षिक संंस्थाबाट समेत सचेतना विस्तारको लागि प्रयाप्त उपभोक्ता जागरण कार्यक्रम सञ्चालन गरेर उपभोक्ता जागरण बर्षको रुपमा यी कार्यक्रमहरु अघी बढाइएको भए अझ बढी प्रभावकारी हुनेथियो । तर सोही बमोजिम सरकार अघी नबढेको कारण जुन रुपमा यो कार्यक्रम सम्पन्न हुनुपर्ने थियो, त्यस किसिमले उक्त कार्यक्रम सम्पन्न हुन नसकेको हामीले पनि महसुस गरेका छौं ।

वास्तवमा उपभोक्ताको पहुँचमा यस्ता कार्यक्रमको प्रभावकारिता पुर्याउन के गर्नुपर्ला ?
वास्तवमा नेपाल सरकारले उपभोक्ताका अधिकारलाई नेपालको संविधान २०७२ को धारा ४४ ले प्रत्याभूत गरेबमोजिम मौलिक अधिकारको रुपमा नै पहुँच विस्तार र कार्यान्वयनमा लैजानुपर्छ । यसो हुनसके मात्र यी दिवसहरु सही अर्थमा सार्थक हुन सक्छन् ।

अहिले बजारमा उपभोक्ता कत्तिको सुरक्षित छन् ?
अहिले बजारले सीमा नाघिसकेको अवस्था छ । निश्चित मापदण्ड र नीतिको आधारमा बजार नियन्त्रित हुनुपर्नेमा उपभोक्ताको अनुहार हेरेर मूल्य निर्धारण गरिने अवस्था छ । बजारबाट उपभोक्ता घर फर्कंदा आफू ठगिएको र लुटिएको अनुभुति गर्नुपर्ने अवस्था छ । यस्तो अवस्था अन्त्य गर्न सरकारी संयन्त्र जुन रुपमा जिम्मेवार बन्नुपर्ने हो, त्यो बन्न नसक्दा उपभोक्ताहरु निकै असुरक्षित छन् ।

मुलुकमा अहिले संघ, प्रदेश र स्थानीय तह गरी ३ किसिमका संरचना रहेपनि स्थानीय तहहरुले समेत बजार अनुगमन तथा सचेतना जागरणको लागि काम गर्नुपर्नेमा कुनै निकायले पनि त्यस्तो काम गर्नेतर्फ ध्यान दिएको पाईंदैन । जसले गर्दा समेत उपभोक्ताहरु थप निराश छन् ।

उपभोक्ता जागरण सम्बन्धमा लामो समय देखि काम गर्ने त्र,ममा तपाईंहरुले बछिःल्ला बर्ष कस्ता चुनौतीहरु थपिएको पाउनुभएको छ ?
पछिल्लो समय प्रविधिको जुन रुपमा विकास हुँदै गएको छ, सोही बमोजिम नेपालमा उपभोक्ताहरुका लागि विभिन्न चुनौतीहरु पनि थपिइ नै रहेका छन् । नेपाल कृषिप्रधान देश भएपनि हामी पूर्णतः आयातमा निर्भर छौं । अहिले मुलुकमा विदेशबाटै माछा, मासु, फलफूल लगायतका सबै दैनिक उपभोग्य सामानहरु, कपडाहरु लगायतका सबैजसो सामानहरु आउने क्रममा ती वस्तुको बारेमा उपभोक्तालाई न्यूनतम जानकारी समेत उपलब्ध हुँदैन । ती वस्तुको गुणस्तरीयता, उपयोग अवधि, मूल्य लगायत सामान्य कुराहरु समेत जानकारी नभएपनि उपभोग गर्न उपभोक्ता बाध्य छन् । आफ्नो अधिकारबाट समेत उपभोक्ता वञ्चित छन् । साथै नेपालमा अहिले यसको लागि मूल्यांकन तथा विष्लेषणको लागि कुनै संयन्त्र समेत छैन । यो अझ दुःखको कुरा हो ।

यस्तो अवस्था किन आयो त ?
अहिले सम्म नेपाल सरकार तथा मातहतका निकायहरु उपभोक्ता प्रति जागरुक नबनेको कारण यस्तो अवस्था आएको हो । नेपालका जुन नियमनकारी विभाग, बजार संयन्त्र तथा क्वारेन्टाइन कार्यालयहरु छन्, ती निकायहरुले जिम्मेवारपूर्वक काम नगरेको कारण अहिले बजारमा यस्तो अवस्था आएको हो । बजार अझ अराजक बन्दै गएको छ । सुधारको लागि चासो नराख्ने हो भने अवस्था अझ कमजोर बन्दै जानेछ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: