साफ महिला च्याम्पिनशीप : नेपाल एक खेल अगावै सेमिफाईनलमा


एक खेल अगावै नेपाल विराटनगरमा जारी दक्षिण एसियाली महिला फुटबल(साफ)को सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपाल रहेको समूह ए मा बिहीबार बंगलादेशले भुटानलाई २-० ले पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो। नेपाल र बंगलादेश दुबै समूह ए बाट अन्तिम चारमा प्रवेश गरेका हुन्।

भुटान भने दुबै खेलमा पराजित हुदैँ प्रतियोगिताबाट बाहिरिएको छ। अब नेपाल र बंगलादेश समूह विजेता बन्न चैत्र दुई गते आमने सामने हुनेछन्।

नेपालले सुरुका तीनवटा संस्करणको साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो भने चौथो संस्करणमा भने सेमिफाइनलमा नै रोकिएको थियो।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: