निर्मला हत्याकाण्ड : धरौटी तिरेर सबै प्रहरी रिहा


जिल्ला अदालत कंचनपुरले धरौटी माग गर्न आदेश दिएपछि सबै प्रहरीले धरौटी जम्मा गरेर रिहा भएका छन् |

निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा ‘यातना र सार्वजनिक न्याय बिरुद्धको कसुर’मा कन्चनपुरमा कार्यरत तत्कालिन प्रहरी अधिकृत विरुद्ध मुद्दा परेको थियो ।

अभियोग लागेका तत्कालिन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरिक्षक एकेन्द्र खड्कासँग अदालतले जनही नौ लाख धरौटी माग गरेको थियो ।प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिह धामी ३ लाख ५० हजार, राम सिह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदबाट दुई लाख पचास हजार रुपैया धरौटी माग गर्न आदेश दिएको थियो ।
आदेश अनुसार सबै धरौटी बुझाएपछि रिहा भएका हुन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: