बमको आतंक : भुसको पोका


बाजुराको बुढीगंगा नगरपालिकामा पर्ने डाब बजारमा राखिएको बस्तु बम नभएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले सो वस्तु बम नभएर एउडा डब्वामा धानको भुस राखेर कपडाले बेरेर बम जस्तो बनाएर राखिएको बस्तु भएको पुष्टि गरेको हो । बजारमा विहानै शंकास्पद बस्तु राखिएको भेटीएपछि बजारबासी विहानै देखि त्रसित थिए ।

नेकपा विप्लवले आज नेपाल बन्दको घोषणा समेत गरेकाले सो वस्तु बम हुने सक्ने आशंकामा प्रहरी टोली घटना स्थलमा पुगेको थियो । संकास्पद बस्तु सडकमै भेटिएपछि विहानै देखि सडक आवागमन समेत प्रभावित भएको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: