साफ महिला च्याम्पिनशीप : भुटान भर्सेज बंगालादेश


विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज बंगालदेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

सहिद रंगशाला विराटनगरको खेल मैदानमा दिउँसो तीन बजे बंगलादेश र भुटान एक अर्का बीच भिड्न लागेका हुन्  ।

उद्घाटन खेलमा घरेलु टिम नेपालसँग ३–० गोलअन्तरले पराजित भुटानको यो समूह चरणको अन्तिम खेल हो |

आज हुने खेलमा बंगलादेशले भुटानलाई पराजित गरेमा समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टिमको टुंगाे लाग्नेछ । यस्तो अवस्थामा नेपाल र बंगलादेशले समान एक–एक खेल खेल्नु अघि नै सेमिफाइनल पुग्न सक्नेछन् । तर भुटानसँग बंगालदेश पराजित भएमा सेमिफाइनल अन्तिम खेल पछि टुंगाे लाग्ने छ । समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र बंगालदेशले १६ मार्चमा प्रतिस्पर्धा गर्नेछन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: