खाजाले तान्यो विद्यार्थीलाई


सोलुखुम्बुको सोताङस्थित पाथीभरा आधारभूत विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यार्थी नियमित स्कुल आउन थालेका छन्। गैरसरकारी संस्था रिड नेपालको आर्थिक सहयोग र सोताङ गाउँपालिकाको सामग्री व्यवस्थापनमा गत मंसिरदेखि दिउँसो खाजा खुवाउने गरिएपछि विद्यार्थी नियमित आउन थालेका विद्यालयले जनाएको छ।

रिड नेपालले जिल्लाका पाँच विद्यालयमा गरेको अनुगमनपछि पाथीभरा आधारभूत विद्यालयलाई छनौट गरेको थियो। अधिकत्तर तामाङ बालबालिका पढ्ने विद्यालयमा दिवा खाजाका लागि अविभावकले समेत सहयोग गरेका छन्।

विद्यालय आउन मन नगर्ने विद्यार्थीलाई नियमित आउने बनाउन, बीचमै पढाइ छाड्ने प्रवृत्ति कम गर्ने उद्देश्यले सुरु गरिएको खाजा कार्यक्रम प्रभावकारी भएको विद्यालयका प्रध्यानाध्यापक नवराज थापाले बताए। उनले भने, ‘दिवा खाजा दिन थालेपछि विद्यार्थी नियमित स्कुल आएका छन्। यसअघि हरेक दिन १२ भन्दा बढी विद्यार्थी गयल हुने गरेकामा अहिले घटेर दुई÷तीन जनामा झरेको छ।’ विद्यालयमा ३६ जना विद्यार्थी छन्। आजको नागरिक दैनिकमा समाचार छ |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: