एक महिनामा सवा खर्बको आयातमा वृद्दी : हवाई देखि लत्तकपडा सम्म


पछिल्लो एक महिनामा नेपालको आयात करिब सवा खर्ब रुपैयाँले बढेको छ । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका अनुसार गत माघ महिनामा मात्रै नेपालले १ खर्ब १० अर्ब रुपैयाँको वस्तु आयात गरेको हो । यससँगै चालू आवको सात महिनामा नेपालको कुल आयात ८ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

केन्द्रका अनुसार यस वर्षको सात महिना अवधिको आयात अघिल्लो आव २०७४/७५ को सोही अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो । उक्त अवधिमा नेपालमा ६ खर्ब ७५ अर्बको वस्तु आयात भएको केन्द्रको तथ्यांक छ ।

यी हुन् धेरै आयात बढ्ने वस्तु
माघ महिनासम्म खासगरी हवाईजहाज र यसका पार्टस्, पेट्रोलियम पदार्थ, आइरन स्टिल र विद्युतीय सामग्री, लत्ताकपडालगायत वस्तुको आयात उच्च दरले बढेको छ । समीक्षा अवधिमा हवाईजहाज र यसका पार्टस्को आयात सबैभन्दा बढी अर्थात् २ सय २७ प्रतिशतले बढेको छ । त्यस्तै, पेट्रोलियमको आयात ३७.६ प्रतिशत, स्टिल एन्ड आइरनको ४१.६ प्रतिशत, लत्ताकपडाको १ सय ६७ प्रतिशत र विद्युतीय सामग्रीको आयात ३३.६ प्रतिशतले बढेको हो । तर, मेसिनरी र क्लिंकरको आयात भने क्रमशः ४ प्रतिशत र २९ प्रतिशतले घटेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: