उखु खेतमै सुकेर सकियो


बेलैमा उखु काट्न नपाउँदा उखु बाली खेतमै सुक्दै गएपछि पश्चिम नवलपरासीका किसान बिचल्लीमा परेका छन् । समयभन्दा करीब दुई महीना ढिलो सञ्चालनमा आएका चिनी उद्योगहरुले किसानको सहजै रुपमा सबै उखु खरीद नगरेपछि किसान बिचल्लीमा परेका हुन् ।

अहिले पश्चिम नवलपरासी जिल्लामा रहेका इन्दिरा, लुम्बिनी र वाग्मती गरी तीन ठूला उद्योग सञ्चालनमा छन् भने मोहीनी चिनी उद्योग स्थापना भएको वर्षबाहेक पूर्ण रुपमा बन्द रहँदै आएको छ ।

सञ्चालनमा रहेका चिनी उद्योग पनि बीचबीचमा विभिन्न प्राविधिक कारणले अबरुद्ध हुनु र लुम्बिनी चिनी उद्योगले सूचना टाँस गरेर केही दिनमात्रै उद्योग सञ्चालनमा आउने जनाएपछि यस वर्ष उत्पादन भएका सबै उखु पेलिने सम्भावना निकै कम छ ।

सबै चिनी उद्योग समयभरि सञ्चालनमा आएका किसानले उत्पादन गरेका सबै उखु पेलिने वाग्मती चिनी उद्योगका महाप्रबन्धक टंकनाथ काफ्ले बताउछन् । सञ्चालनमा आएका चिनी उद्योगले पनि उखु किसानसँग पर्याप्त मात्रामा उखु खरीद नगरेपछि किसान चिन्तित बनेका हुन् |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: