क्रिकेट रंगशाला निर्माण अभियान : वार्षिक १० करोड बजेट छुटाईने !


चितवनमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख रेणु दाहालले रंगशाला निर्माणले तीव्रता पाएको जनाएकी छिन् |

प्रमुख दाहालले एक महिनामा सोचेको भन्दा बढी काम भएकोले तोकिएकै समयमा रंगशाला निर्माण काम सम्पन्न हुने बताइन् । धुर्मुस सुन्तली फाउन्डेसनले डीपीआर भएको मितिले दुई वर्षभित्रमा रंगशाला सक्ने जनाएको छ । मिलेसम्म वार्षिक १० करोडको बजेट रंगशाला निर्माणमा छुट्टाईने दहालको भनाई छ |

चितवनको गौरवको आयोजना भएकाले यसमा सबै लाग्नु पने दाहालको भनाई छ |

कार्यक्रममा प्रमुख दाहालले सामाजिक सञ्जालमा फैलिएका केही तीता टीकाटिप्पणीप्रति चिन्ता जाहेर गरेकी थिइन् । महिनाभित्र गुरुयोजना तयार पनि हुने उनले बताए |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: