बिन्दा लामाको-घर फर्किए परदेशि नि


यि आँखाका पोखरीमा पानी सकिएपछि।।
घर फर्किए परदेशी नि जवानी सकिएपछि।।

एउटा तल्लीन भवँराले म मा चिन्ह राख्यो!
गल्ली गल्लि फुल्ने फूल छानी सकिएपछि।।

चुपचाप छन् ऊ अकस्मात् किन्तु पर्खिरहेछु!
संवाद हुने आशमा आनाकानी सकिएपछि।।

ऋण बोकेर सवार पती रोग बोकेर आगमन!
के अर्थ त्यो धनको जिन्दगानी सकिएपछि।।

रहन्नन् यी गजल पनि न रहन्छन् “तृष्णा””
रित्तिने छ कलम खुद कहानी सकिएपछि।।

लेखक:-बिन्दा लामा

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: