नेकपाभित्र भद्रगोलको अवस्था


खेमराज निरौला

भनाइमा एउटै साझा कम्युनिस्ट पार्टी निर्माणको अभियान भन्ने तर व्यवहारमा समानान्तर गुटले पार्टी चलाउने परिपार्टीले लोकतन्त्रमा दलहरू कमजोर हुँदै गएका छन्। गुटको मानसिकता पूर्वएमालेमा मात्र होइन, पूर्वएमाओवादीमा पनि त्यत्तिकै बलियोरूपमा रहेको छ। पार्टीमा आफ्नो गुट बलियो भयो भने आफ्नो पनि हैसियत बलियो हुने मनोविज्ञानले नेकपा क्रमशः कमजोर हुँदै गएको छ।

ने कपा नेतृत्वको वर्तमान सरकारले सत्ता सम्हालेको एक वर्षको समयावधि बितेको छ। यो एक वर्षको समयावधि बितिरहँदा पार्टी र सरकारबीचको सम्बन्धमा उतार–चढाव, आरोप–प्रत्यारोप एवं तिक्ततापूर्ण अभिव्यक्तिले निकै उग्र रूप लिएको छ। खास गरी दुई पार्टी पूर्वएमाले र पूर्वएमाओवादीबीच भएको पार्टी एकीकरणले १० महिनाको समयअवधि गुजार्नै लाग्दा केन्द्रमा मात्र भएको पार्टी एकीकरण तल्लो तहसम्म आइनपुग्दा आम कार्यकर्ता, समर्थक एवं शुभेच्छुकमा आशंका र नैराश्यता बढेको छ। केन्द्रमा पार्टी एकीकरण भएको १० महिना बितिसक्दा पनि प्रदेश, नगर एवं गाउँ तहसम्म एकीकरण र समायोजन नसकिँदा, सरकारले गरेका राम्रा कामको समेत प्रचार–प्रसार नहुँदा सरकार सञ्चालनमा समेत अफ्ठ्यारो परेको बुझाइ छ। दुई तिहाइ जनमतको समर्थनमा बनेको सरकार राज्य सञ्चालनका विविध क्षेत्रमा असफल भएको, जनताको दैनिकी झन्–झन् कष्टकर बन्दै गएको, भ्रष्टाचार विकेन्द्रित भएको, सुशासन हराउँदै गएको, विकासमा चरम बेथिति बढेको, सरकार एकपछि अर्को गर्दै जनविरोधी एवं राष्ट्रघाती नियन्त्रणमुखी निर्णय गर्न उद्यत रहेको आरोप प्रमुख प्रतिपक्षीले लगाइरहेको छ। त्यसको प्रतिकार स्वरूप सरकार र पार्टीबीचको सम्बन्धमा सहजता आउन नसक्नुलाई दुर्भाग्यपूर्ण मानिन्छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आफ्नै शब्दमा भनेका छन्– ‘सरकारलाई पार्टीभित्रैबाट काम गर्ने वातावरण बनेन, बाधा सिर्जना गरियो, चाहेर पनि काम गर्न सकिएन।ु शक्तिशाली मानिएको सरकारका प्रमुखले किन यस्तो बोल्नुपर्ने अवस्था आयो होला रु जनता सत्य तथ्य जान्न चाहन्छन्। खास गरी प्रधानमन्त्री स्विजरल्यान्डको डाबोसमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाललगायत अन्य असन्तुष्ट नेताहरूको झम्सीखेल जमघटले ओली सरकारको कार्यशैली एवं पार्टी सञ्चालनमा अपनाएको रवैयाप्रति असन्तुष्टी प्रकट गरेदेखि नेकपाको शीर्ष नेतृत्वबीच विश्वासको संकट उत्पन्न भएको छ।

आफू बाहिर भएको मौका छोपी आफ्नोविरुद्ध कुनै षड्यन्त्र त भएको हैन भन्ने प्रधानमन्त्रीको प्रश्नमा प्रचण्डको त्यस्तो कुनै छलफल नभएको भन्ने जवाफले नेकपाभित्र केही न केही झमेला र भाँडभैलो अवस्था सिर्जना भइसकेको अनुमान सहजै लगाउन सकिन्छ। भेनेजुएलाको राजनीतिक संकटका विषयमा हतारमा विज्ञप्ति निकालेर प्रचण्डले कूटनीतिक अपरिपक्वता प्रदर्शन गरेको विषयले समेत पार्टी र सरकारबीच दूरी सिर्जना गरिदिएको छ। यी घटनाक्रमले पार्टी र सरकार विपरीत ध्रुवमा हिँडेर समृद्धि सम्भव नहुने देखिएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनका क्रममा पनि प्रधानमन्त्रीले दुई अध्यक्षबीच फाटो ल्याउन पार्टीभित्रकै समूह क्रियाशील रहेको भन्ने अभिव्यक्तिले दुई पार्टीबीचको एकतामा दरार पैदा गर्न सक्ने अनुमान सर्वत्र सुनिन थालेको छ। यो कुनै पनि अर्थमा प्रत्युत्पादक बन्न सक्नेतर्फ नेताहरू सजग हुनुपर्दछ। पार्टी एकीकरणका विभिन्न चरणहरू पूरा हुन नपाउँदै नितान्तै सरोकारविहीन विषय र प्रसंगमा वक्तव्यबाजीमा उत्रिनुले एकीकरणका बाँकी विषय र सरकार–पार्टीबीचको सम्बन्धमा असन्तुष्टी बढाएको छ। प्रत्यक्ष अप्रत्यक्ष एकले अर्काविरुद्ध ठाउँ पाउनासाथ प्रहारमा उत्रिहाल्ने मानसिकताले सरकार र पार्टीबीच चिसोपन बढेको अवस्था छ। यस्तो प्रवृत्तिले स्थायित्व र समृद्धिको नाराले कसरी सार्थकता पाउला रु अझ खतरनाक अभिव्यक्ति त प्रचण्डले माओवादी विद्रोह फेरि पनि व्युँँतिन सक्छ भन्दा पार्टी नेतृत्वदेखि आम कार्यकर्ता एवं शुभेच्छुक अचम्मित र सशंकित भएका छन्। के आवश्यकता प¥यो प्रचण्डलाई त्यस्तो अभिव्याक्ति दिनुपर्ने रु उनको त्यो भनाइलाई नेपाली जनताले कुन अर्थमा बुझ्ने ?

सरकारको कार्यशैली सुधारी सही बाटो लगाउने काम शीर्ष नेतृत्वको हो तर तिनै नेतृत्व सरकारविरुद्धको मोर्चाबन्दीमा लाग्नुले नेकपाको भविष्य नै लथालि· नहोला भन्न सकिन्न। पार्टीभित्रको बढ्दो आन्तरिक झमेला र विश्वासको संकटले देशकै भविष्य अस्थिरताको बाटोतर्फ धकेलिने अवस्थाको सिर्जना हुनबाट रोक्नुपर्दछ। आफ्नै नेतृत्वमा रहेका धेरै स्थानीय तहहरूमा भएका राम्रा कामको जनस्तरसम्म प्रचार–प्रसार गर्ने र जनप्रतिनिधिलाई खराब आचरणबाट रोक्ने पार्टी संयन्त्र नहुुँदा जनप्रतिनिधिप्रति वितृष्णा बढ्न थालेको छ। एकीकरण र समायोजनमा भएको बिलम्बले पार्टीका जिल्ला एवं गाउँ–नगर कार्यालयहरू सुनसान प्रायः देखिन्छन्। विभिन्न जनवर्गीय संगठनहरू चलायमान हुनुपर्ने बेलामा पार्टी आन्तरिक कलह एवं गुटगत झमेलामा फस्दै जाँदा लोकतन्त्रप्रति जनताको भरोसा टुट्न सक्नेतर्फ पार्टी सजग हुनुपर्ने देखिन्छ। अहिले नेकपा चरम गुटगत राजनीतिबाट बाहिर आउन सकिरहेको छैन। पटक–पटक जिम्मेवारीसहित गठन भएको एकीकरण कार्यदलले समयमा सबैलाई समेट्ने एकीकरणको खास मोडलसहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउन नसक्नुका पछाडि गुटगत मनोवृत्ति हावी भएको अनुमान लगाउन सकिन्छ।

भनाइमा एउटै साझा कम्युनिस्ट पार्टी निर्माणको अभियान भन्ने तर व्यवहारमा समानान्तर गुटले पार्टी चलाउने परिपार्टीले लोकतन्त्रमा दलहरू कमजोर हुँदै गएका छन्। गुटको मानसिकता पूर्वएमालेमा मात्र होइन, पूर्वएमाओवादीमा पनि त्यत्तिकै बलियोरूपमा रहेको छ। पार्टीमा आफ्नो गुट बलियो भयो भने आफ्नो पनि हैसियत बलियो हुने मनोविज्ञानले नेकपा क्रमशः कमजोर हुँदै गएको छ। गुटको नेता बन्ने त्यही प्रवृत्तिले नेकपामा अहिले भाँडभैलोको अवस्था सिर्जना भएको बुझ्न सकिन्छ। बारम्बारका गुटगत भेला र गोप्य बैठकले पार्टीको अवस्था कमजोर बन्दै गएको वास्तविकतालाई नेतृत्वले बिर्सिएको छ। पार्टीका दैनिक गतिविधि जनताका दैनिक जीवनसँग प्रतक्ष नजोडिँदा जनता टाढिँदै गएको अवस्था छ। व्यक्तिगत रवाफ र प्रभाव पार्टी सञ्चालनमा देखिनु दुर्भाग्यपूर्ण मात्र होइन अन्ततः त्यस्तो प्रवृत्ति राजनीतिक अस्थिरताको प्रमुख कारक बन्ने प्रवल सम्भावना हुन्छ।

मुलुकका आर्थिक, सामाजिक एवं राजनीतिक मुद्दाहरूको युग सुहाउँदो सम्बोधनका लागि प्रमुख दलहरू सशक्त हुनुपर्ने बेलामा आन्तरिक बेमेल र झमेलामा अल्मलिनु किमार्थ राष्ट्रिय हितमा छैन। शक्ति सञ्चयमा लाग्नुपर्ने बेलामा भएको शक्ति पनि क्षयउन्मुख हुनु दुर्भाग्यपूर्ण छ। एकीकरण प्रक्रिया टुंगोमा नपुग्दै विभाजनको रेखा कोरिन लाग्नु जनमतमाथिको घोर अपमान ठहर्नेछ। अहिले नेकपाभित्र देखिएको गुटबन्दीले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वमाथि नै चुनौती थपेको छ। दुई दलबीच मुख्य सैद्धान्तिक, वैचारिक एवं सांगठनिक विषयको टुंगो नलागी हतारमा गरिएको एकीकरणले अहिलेको अवस्था सिर्जना भएको हो। एकीकरण गरेर नेपाललगायत विश्व समुदायलाई के संदेश दिन खोजिएको थियो, त्यसबाट नेकपा अहिले विचलित हुँदै छ। भनाइमा शक्तिशाली कम्युनिस्ट केन्द्र बनाइयो भन्ने तर व्यवहारमा आफू पार्टीमा अविछिन्न शक्तिशाली र प्रभावकारी बनिरहने दाउपेचले एकीकरणको बाँकी कामलाई प्रभावित पार्दै आएको छ।
पूर्वएमाले पक्षीय नेताहरूलाई लडाएर आफू रमिते बन्ने र यसैबीचमा आफ्नो भूमिका अझ सशक्त बनाउँदै अघि बढ्ने रणनीति पूर्वएमाओवादी निकट नेताहरूमा देखिएको छ। त्यस्तै पूर्वएमालेभित्र पनि वर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध मोर्चाबन्दी गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई साथ दिने रणनीतिमा वामदेव गौतमलगायतका नेताहरूको अभिष्ट कति पूरा होला, त्यो हेर्न भने समय लाग्ला। एकता कार्यदल भंग भएकोमा पार्टीभित्र र बाहिरका कतिपय नेतालाई आत्मसन्तुष्टि नै मिलेको हुनुपर्छ भने कतिपयलाई नहुनुपर्ने भयो भन्ने चिन्ता बढेको हुनुपर्दछ। यो आत्मसन्तुष्टि र चिन्ताबीचबाट पार्टीलाई कसरी एकीकृतरूपमा एकढिक्का बनाएर तल्लो तहसम्म पार्टी गतिविधिलाई पुनः क्रियाशील गराई जीवन्तता प्रदान गर्न सकिन्छ भन्ने सोचले काम गर्नुपर्ने देखिन्छ। सरकार आफ्नो रणनीतिमा कति सफल भयो रु नीति तथा कार्यक्रमले लिएका उद्देश्य कति पूरा भए रु विपन्न, गरिब, निमुखा किसानले वर्तमान कम्युनिस्ट सरकारबाट गर्व गर्न लायक के त्यस्तो उपलब्धि हात पारे रु अब यी र यस्ता धेरै विषयको गम्भीर समीक्षा पार्टीभित्र नहुने हो भने वर्तमान कम्युनिस्ट नेतृत्वको सरकार मात्र असफल हुने होइन पार्टी नेतृत्वले नै असफलताको बिल्ला भिर्ने निश्चित छ। तसर्थ अहिले देखिएको भद्रगोलको अवस्था अन्त्य गरी पार्टी र सरकार सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन। यो विचार नेपाल समाचार दैनिकबाट लिईएको हो |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: