जिदान पुन: रियालमा ?


स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षकमा पुनः जिनेदिन जिदान नियुक्त भएका छन् । गत मे महिनामा रियलको प्रशिक्षकको पद त्यागेका जिदान पुनः मड्रिडको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन् ।

जिदानले प्रशिक्षकबाट राजीनामा दिएपछि सान्टियागो सोलारीले प्रशिक्षकको जिम्मेवारी पाएपनि उनको प्रशिक्षणमा रियलले राम्रो खेल्न सकेन ।

रियल यसपटक स्पेनिस ला लिगाको उपाधी यात्रामा पछि परिसकेको छ भने कोपा डेल रे र च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

गत मंगलबार राति आफ्नै घरेलु मैदानमा प्रिक्वाटरफाइनलको दोस्रो लेगमा रियल मड्रिड नेदरल्यान्ड्सको आयाक्ससँग ४–१ गोलअन्तरले पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै घर फर्कियो । रियल मड्रिड पछिल्लो २२ वर्षमा अन्तिम १६ बाटै बाहिरिएको यो पहिलो पटक हो ।

रियल मड्रिडका पूर्व मिडफिल्डर जिदानले सन् २०२२ सम्मका लागि क्लबसँग सम्झौता गरेका छन् । उनको प्रशिक्षणमा रियलले लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधी जितेको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: