कृषिमा वैदेशिक लगानी भित्र्याउनु पर्ने : अर्थमन्त्री खतिवडा


अर्थमन्त्री युवराज खतिवडाले कृषि क्षेत्रमा सहकारी मार्फत वैदेशिक लागानी भित्र्याउन सरकार सकारात्मक रहेको बताएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को १८ औ वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले कृषि सहकारी मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्दै साना किसानहरुको आयस्तर माथी उठाउन आवश्यक पर्ने ठूलो लगानीका लागि सरकारको पहल र निगरानीमा लगानी भित्राउन सकारात्मक रहको बताए ।

उनले सरकारले आगडी सारेको समृद्ध नेपाल, सुखी नेपालीको अवधारणामा कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहने भन्दै सरकार निजी क्षेत्र र सहकारी क्षेत्रलाई संगसंगै अगाडी बढाउने बताए ।

मन्त्री खतिवडाले गरिवी निवारणमा साना किसान कृषि सहकारी संस्थाहरुको भूमिकालाई सरकारले उचित मूल्यांकन गर्ने प्रतिवद्धता जनाए ।

साना किसान कृषि सहकारी संस्थाहरुले अव ठूलो क्षेत्रमा पनि लगानी गर्नुपर्नेमा मन्त्री खतिवडाले जोड दिए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: